Member Login
User Name:
Password:
New Member Signup!
Forgot Password?
Search Book:   NEW RELEASES:CHILD LITERATURE BOOKS
 
- Home
- Featured Books
- New Releases
- New Editions
- About Us
- Contact Us
- Feedback
- Download Catalogue
   
 
-School Book
-Course Book
-Plus 2
-Campus
-10+2 BOOKS
-COLLEGE BOOKS
-D.Pharmacy,H.A.,Nursing,CMA/ANM
-College/10+2 Guides
-Lok Seva Aayog & Others
-OTHERS
-Boarding & Public School Books
-School Level Guides
-Word Meaning Dictionary
-SLC Model Question & Student's Practice Book
-Child Literature
-Religion and Philosophy Books
 
 
 
   
   

About Us

 

नेपालको औपचारिक शिक्षाको विकास विश्वका अन्य मुलुकको तुलनामा पछि भएको मानिन्छ। शिक्षालाई समुन्नत बनाउनका लागि श्री ५ को सरकार, दातृसंस्था, गैरसरकारी संस्था र निजी क्षेत्रका व्यक्तिहरु विविध ढंगले लागिपरेका छन्। तैपनि हाम्रो देशमा शिक्षा सर्वोपरि हुन सकेको अवस्था त्यति देखिदैन। यिनै विविध समस्यालाई निराकरण गर्नका लागि विभिन्न व्यक्ति तथा संघ-संस्थाहरु पुस्तक प्रकाशन व्यवसायमा लागेका पाइन्छन्। त्यसैक्रममा श्री ५ को सरकारद्वारा निर्धारित पाठ्यक्रमअनुसार विधालय, महाविधालयका पाठ्यपुस्तकहरु तथा राष्टृको कला, संस्कृति, इतिहास, साहित्यलगायत विविध विषयहरुलाई समेट्ने गरी स्तरीय पुस्तकहरु समेत प्रकाशन गर्ने लक्ष्य र उद्देश्य लिएर वि.स. २०५० सालमा विधार्थी पुस्तक भण्डारको स्थापना भएको हो। स्थापनाकालदेखि नै व्यवसायिक जोडघटाउभन्दा सामाजिक सेवाभावले निर्देशित यो संस्था छ छोटो अवधिमा नै पाठकहरु माझ राम्रो चिनारी बनाउन सफल भइसकेको छ।

विभिन्न लेखकका प्रतिभालाई प्रस्फुटित गर्ने सन्दर्भमा यस प्रकशनले विविध विषय-शिर्षकका पुस्तकहरु कम मूल्यमा स्तरीय ढंगले प्रकाशित गरी यहाँहरुको सेवा गर्दै आएको सर्वविदितै छ। यसै अनुरुप यस प्रकाशनले त्रि. वि. को पछिल्लो संशोधित नयाँ पाठ्यक्रमअनुसार प्रमाणपत्र-तह (व्यवस्थापन, मानविकी, शिक्षा, विज्ञान), स्नातक-तह (शिक्षा, मानविकी, व्यवस्थापन, कानुन र इन्जिनियरिङ) र स्नातकोत्तर-तह(एम.ए., एम. एड्., एम.वि.एस्) का स्तरीय पुस्तक प्रकाशन गर्दै आएको छ। त्यसैगरी हामीले पूर्वाञ्चल विश्वविधालय, पोखरा विश्वविधालय, संस्कृत विश्वविधालयलगायत उच्च माध्यमिक शिक्षा परिषद्को नयाँ पाठ्यक्रमअनुसार मानविकी, शिक्षा, विज्ञान र व्यवस्थापनशास्त्र संकायका पाठ्यपुस्तक, सन्दर्भ पुस्तक र सहायक पुस्तकहरु पनि प्रकाशित गर्दै आएका छौं। लामो समयदेखि क्याम्पसमा अध्यापन गराउँदै आउनु भएका अनुभवी प्राध्यापकहरुबाट नयाँ पाठ्यक्रममा आधारित विभिन्न तहका उच्चस्तरीय पुस्तक लेखाएर गुणस्तरीय छपाइ गरी अधिराज्यभर बिक्री-वितरण गर्ने काम गरिएको छ। विधार्थी तथा पाठकवर्गहरुको हितका लागि सकभर कम मूल्यमा पुस्तकहरु उपलब्ध गराउनेतर्फ पनि हामी सचेत छौं। देशको एक जिम्मेवार पुस्तक प्रकाशनले सामाजीक तथा सांस्कृतिक संरक्षण तथा सम्बद्धनमा निर्वाह गर्नुपर्ने जिम्मेवारीको गहनता पनि हामीले बोध गरेका छौं। यसै सिलसिलामा हामीबाट व्यवसायिक नाफा नोक्सानको मात्र हिसाब नगरी साहित्यिक क्षेत्रका मूर्धन्य स्रष्टाहरुका कृति एवं इतिहाससम्बधी र अन्य विविध पुस्तकहरु प्रकाशित गरी नेपाली समाज, संस्कृति र इतिहासको संरक्षण गरी राख्ने काम पनि हुँदै आएको छ।

पुस्तक प्रकाशनकै सन्दर्भमा श्री ५ को सरकारले लागू गरेका तर प्रकाशित भइनसकेका विधालययस्तरका पाठ्यपुस्तक र अभ्यास पुस्तकहरु पनि प्रकाशित गरी यो प्रकाशनले शिक्षा क्षेत्रमा टेवा पुर्याउँदै आएको छ। त्यसैगरी हामीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (Council for Technical Education and Vocational Training, CTEVT) को परिमार्जित नयाँ पाठ्यक्रमअनुसार डि। फार्मेसी, नर्सिङ्ग, एच.ए., सि.एम्.ए, ए.एन.एन. एमका स्तरीय पुस्तकहरु पनि प्रकाशन गरेर विधार्थीका समस्यालाई निराकरण गर्ने जमर्को गरिरहेका छौ।

यस प्रकाशनबाट आगामी दिनहरुमा प्रकाशित हुने साहित्यिक, बाल तथा विविध पाठ्यपुस्तकहरु सर्वत्र बजारमा उपलब्ध हुने नै छन्। यी पुस्तकहरुको अध्ययन/अध्यापनबाट पाठकीय बौद्दिकता बढोस् र शिक्षा क्षेत्रमा महत्वपूर्ण सेवा पुगोस्, हाम्रो यही कामना छ।